मिति २०८१ जेठ १९ गते शनिबारकाे दिन ललितपुर जिल्ला पर्यटन सहकारी संघ लिमिटेडकाे आयाेजना तथा नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेड र सृजना सेवा प्रा.लिकाे सहकार्यमा महालक्ष्मी मन्दिर परिसरकाे सरसफाई कार्यक्रम सम्पन्न भयाे। साथै नेपाल पर्यटन केन्द्रीय स
सिक्किम राज्य सहकारी संघ लिमिटेडका अध्यक्षलाई नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेडकाे कार्यालयमा स्वागत् ।
मिति २०८१ बैशाख १४ गते शुक्रवारका दिन नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेडको कार्यालय ललितपुरमा मित्र राष्ट्र भारतको सिक्किम राज्य सहकारी संघका अध्यक्ष श्री टासी अेाङ्डुप लेप्चाज्यूलाई संघका अध्यक्ष श्री रामशरण शर्मा घिमिरेलेज्युले स्वागत गर्नुभएको छ ।
नेपाल भ्रमणमा रहनुभएका लोप्चा राज्यस्तरीय सहकारी समन्वयका लागि आवश्यक छलफल गर्न र भावी समन्वयको योजनाका संघको कार्यालयमा आउनुभएको हो । लोप्चालाई स्वागत गर्दै संघका अध्यक्ष शर्माले सहकारीको अभ्यासको बारेमा जानकारी गराउँदै दुवै राज्यको सहकारी अभियानको बारेमा अनुभव आदानप्रदान गरिएको थियो । सो कार्यक्रममा नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेडका सञ्चालक श्री हरिशरण गिरीज्यूकाे उपस्थिति रहेको थियो । नेपाल र सिक्किम राज्यविच सहकारी मार्फत पर्यटनकाे विस्तार र प्रर्वद्धनकाे लागि समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने विषयमा छलफल भयाे ।
Nepali
English